सरकार उस्कै भो अचम्म
मारामार उस्कै भो अचम्म
जसले नक्कल गर्या थियो
दमदार उस्कै भो अचम्म
गल्ति गर्ने उ दुःख दिने उ
अंहकार उस्कै भो अचम्म
राजनीतीमा कमाई छैन रे
दरवार उस्कै भो अचम्म
रुप न बानी छैन जवानी
घरवार उस्कै भो अचम्म
सरकार उस्कै भो अचम्म
मारामार उस्कै भो अचम्म
जसले नक्कल गर्या थियो
दमदार उस्कै भो अचम्म
गल्ति गर्ने उ दुःख दिने उ
अंहकार उस्कै भो अचम्म
राजनीतीमा कमाई छैन रे
दरवार उस्कै भो अचम्म
रुप न बानी छैन जवानी
घरवार उस्कै भो अचम्म
बुझ्नै नसकिने दिल भित्रका कुरा
पछिबाट छुरि धस्ने मित्रका कुरा
नगरे कै बेश हुदा रै छन यहा त
स्वार्थमा रम्नेहरुसँग पवित्रको कुरा
बोलवाला उनकै भो शहरमा
जस्ले गर्छन जब विचित्रका कुरा
आफ्नै विवशतामा बाचिरहेछ
बुझ्दैन कसैले किन चित्रका कुरा
तीम्रो यादमा कती रोए म इतीहास साक्षी छ
पत्यार छैन भने तीमीलाई मेरो लाश साक्षी छ
कीन छली हीड्छौ दुनीयालाई चीन्दैन भनी
तीम्ले मैले माया लाको हेर आकाश साक्षी छ
उल्टै मैले तीम्रो बदनाम गर्यौ भन्छौ रे तीमी
छुट्ने बेला के के भन्यौ तीम्ले उपहास साक्षी
अभावले गर्दा आज रारा रुदैछ
उसै गरी बिरगंज बारा रुदैछ
देखेर नेताको काम गर्ने चाला
हो दुखियाको बस्ती सारा रुदैछ
दिनानुदिन बढेर बेरोजगारी यां
छट्पटिदै भविष्यको तारा रुदैछ
अझै पुर्न सक्या छैन दन्दको घाउ
रत रुकम सग सगै खारा रुदैछ
तिम्रै हुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
सगै रुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
मेरो हुनु रैन रैछ फेरी किन किन यस्तो
माया बुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
हर रात सपनीमा मैलाई नै सम्झिएर
फोटो छुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
छोडेपनि तिमीले बदनामी नगरे हुन्थ्यो
जे भएनी मेरो माया लिलामी नगरे हुन्थ्यो
गल्ति हुन्छ मान्छेबाटै भयो होला म बाट नी
सुधि्रन्थ्यो कि माफिले नै बिरामी नगरे हुन्थ्यो
मलाई त गर्नु गर्यौ भैगो जे जे गरेपिन
यसैगरि अरुलाई हरामी नगरे हुन्थ्यो
आज पनि तिम्रो अभाव उस्तै छ
के भनौ मनमा दबाव उस्तै छ
सम्झनामा तिम्रो झरिदिन्छ आशु
के गरु त अब स्वभाव उस्तै छ
खोजेकै हु भुल्न तर सकिएन
आज पनि मेरो लगाव उस्तै छ
भएन मन यो पथ्थर सरिको
र त अझै तिम्रो प्रभाव उस्तै छ
उम्लिएको जवानी छाल देखेर
झन भन्दा झन बबाल देखेर
को चुप होला खै नामर्द बाहेक
मयुरको झै तिम्रो चाल देखेर
जब बिलाउछ यारमा जवानी
डराउछ यहा को काल देखेर
बोलाउन मात्र आउनेछु दौडि
भाग्दैन सोल्टि गेटपाल देखेर
धन भएर मात्र नहुने रै छ
जन भएर मात्र नहुने रै छ
चोखोमाया पाउन आजकाल
मन भएर मात्र नहुने रैछ
जवानीको मेटाउन प्यासहरु
तन भएर मात्र नहुने रै छ
जित्नलाई जस्तो सुकै युद्ध पनि
गन भएर मात्र नहुने रै छ
तीम्लाई भुल्ने बाहानामा पीए अलीकती
यसैगरी जीन्दगीमा म जीए अलीकती
केही नभनी केहि नसोची तीम्ले च्यात्यौ मन
नदेखीने गरी त्यही मन सीए अलीकती
सगै जान्छु भनीकन छोड्यौ बीचमा गएर
रत जीन्दगीको डुङ्गा खीए अलीकती