अन्तै तिर मनहरु जोड्छु नभन्नु
यत्तिकैमा हाम्रो नाता तोड्छु नभन्नु
तिमी बिना सक्दिन म बाच्न एकै पल
बोरु मार बाटो अन्तै मोड्छु नभन्नु
ठट्टा गर्ने बानी आफ्नो ठट्टा गरिहाले
गल्ति भए माफि पाउ छोड्छु नभन्नु
अन्तै तिर मनहरु जोड्छु नभन्नु
यत्तिकैमा हाम्रो नाता तोड्छु नभन्नु
तिमी बिना सक्दिन म बाच्न एकै पल
बोरु मार बाटो अन्तै मोड्छु नभन्नु
ठट्टा गर्ने बानी आफ्नो ठट्टा गरिहाले
गल्ति भए माफि पाउ छोड्छु नभन्नु
किन किन भट्टिकै मात सम्झिन्छु म
भट्टिवाल्नी कान्छी कै हात सम्झिन्छु म
जब दिन्छे मस्किदै सरावको झोल
जिस्किएको अघिल्लो रात सम्झिन्छु म
यसरी नै जिस्किदै जादा कुनै दिन
फेरी कतै लाग्छ कि बात सम्झिन्छु म
यहा यस्तैयस्तै कुरा चल्दैछ
अब फेरी सरकार ढल्दैछ
कसैले केहि गर्न नपाउदै
सदन सगै सडक बल्दैछ
यति मात्रै कहा होर हेर त
त्यहि माथि जनआशा जल्दैछ
जनताको लागी भ्रम छरेर
जसरी पनि नजर छल्दैछ
कसैले छोडिदिएको चिठी खाम थियो
हेर्दा खेरी पाउनेमा मेरै नाम थियो
खोली हेरे रमाउदै केहि छ कि भन्दै
जब पढे मुटु दुख्यो बोली जाम थियो
माफ गर तिम्रो हुन सकेन भनेर
लेखिएको मुटु खाने शब्द लाम थियो
बुझ्नै गाह्रो सालीका कुरा
माथ्ला घरे कालीका कुरा
मस्कदै आउछे र भन्छे
अब मेरै पालीका कुरा
सम्हाल्न बैश आउ भन्छे
गर्दै दिल खालीका कुरा
सहन्छु भन्छे मेरो लागी
नाना भाती गालीका कुरा
रुदा रुदै सके आश धित मरेको छैन
मनभित्र अझै उन्को प्रित मरेको छैन
कोहि नभएका यी म जस्ताका लागी भनि
यसैले त विरहको गीत मरेको छैन
चोटैचोटले हजार बार हारै सहेर
अझै पनि जिन्दगीको जित मरेको छैन
सधै त यसरी का हुन्छ
भो अनेक थरि का' हुन्छ
देश चलाउने भन्दैमा
यस्तो मनपरी का' हुन्छ
माया त माया हो तैपनि
स्वीकार नगरी का' हुन्छ
काम गर्ने र नगर्ने बिच
फल बराबरी का' हुन्छ
हतासमा परेर गल्दै थिए म
बेहोशीमा विस्तारै ढल्दै थिए म
सुनेर खबर तिम्रो बिहे भाको
हैन भनेर मन छल्दै थिए म
जब देखे तिमी अर्कैको साथमा
पथ्थरमा मुटु बदल्दै थिए म
आफ्नै आत्मा दुखाएर तिमी कुन देवताको पुजा गर्छौ
साह्रै साह्रै रुवाएर तिमी कुन देवताको पुजा गर्छौ
सोमबारे ब्रत बसी आफु केहि नखाएर प्यारा भन्दै
त्यसै ज्यान सुकाएर तिमी कुन देवताको पुजा गर्छौ
कर्म विना फल खोज्नु भन्ने केहि हैन बुद्धु हुनु भन्दा
मन्द विष खुवाएर तिमी कुन देवताको पुजा गर्छौ
छोडेर गयो भन्दैमा रुनै पर्छ भन्ने छैन
यस्तै भन्दै थिइ मलाई छुनै पर्छ भन्ने छैन
के थाहा तीनलाई दु:ख कस्तो हुन्छ भन्ने
सजिलै भनिदिइ तिम्रो हुनै पर्छ भन्ने छैन
एकैपटक देख्दैमा पछि किन लाग्यै तिमी
सबै पहेलो त्यो सुनै पर्छ भन्ने छैन
दिन त उज्यालो जुनकिरिलेनी दिन्छ
उज्यालो देख्दैमा सधैं जुनै पर्छ भन्ने छैन