आफ्नै मलाई मान्छौ किन ?
झुटो कसम खान्छौ किन ?
तीम्रो साथमा जान्न भन्दा
हात समाई लान्छौ किन ?
छुन मलाई डर लाग्छ
वाहु पासमा तान्छौ किन ?
म मा शाहस छैन खोल्ने
तीमी अमुर्त ठान्छौ किन ?
आफ्नै मलाई मान्छौ किन ?
झुटो कसम खान्छौ किन ?
तीम्रो साथमा जान्न भन्दा
हात समाई लान्छौ किन ?
छुन मलाई डर लाग्छ
वाहु पासमा तान्छौ किन ?
म मा शाहस छैन खोल्ने
तीमी अमुर्त ठान्छौ किन ?
नजिक हुँदा मलाई बचनै ले टार्छौ किन ?
एकैछिन टाढाहुँदा आशु मात्र झार्छौ किन ?
लुकी छिपी जाउभन्छु ईशारा ले बोलाँउदै
आखाजुधाइ तीमी मायाजालमा पार्छौकिन ?
पल भर छुट्नु पर्दा सधैं म रुन्छु भन्छौ
एकैसाथ बसौभन्दा मायाअन्तै सार्छौकिन ?
झुटो होइन साचो प्रित मैले लाउछु भन्दा
मेरो माया बगाएर किनारामा तार्छौ किन ?
बैगुनी लाई सबै भन्छन नदिनु रे हात हजुर
जीवन भाक्न नसक्ने ले नगर्नु रे बात हजुर
यहाँ दु:ख सुख पेवा हुन्न अघी पछी सबलाई पर्छ
आफ्नै सम्झी ज्यान दिनेलाई नगर्नु रे घात हजुर
समय आउछ पर्खिन्दैनबग्या पानी फर्किन्दैन
यहाँ मन मिल्ने कोही भेटे नरोज्नु रे जात हजुर
नयन भित्र ''आँशु'' को मुल बनी पस्यौ नि ।
सुबाश छर्दै ''आँशु'' को फुल बनी बस्यौ नि ।।
मन्द मन्द मुस्कान मा... नबिजाउने गरी ।
थाहै नपाई ''आँशु'' को तुल बनी खस्यौ नि ।।
खाली मन को मझेरी मा... कैद गरी राख्छु ।
जीवन भरी ''आँशु'' को पुल बनी रस्यौ नि ।।
गोरेटो त्यो टुँगिन्दा... दोबाटो मा अल्मलियौ ।
बाटो बिराई ''आँशु'' को हुल बनी फस्यौ नि ।।
फुल्न खोज्दै कोपिलामा, मर्न लागे फुल हरु ।
तर्न नपाई नै लगाए का, झर्न लागे पुल हरु ।।
पर्खि बसे एकान्त मा, आउछु भनी नआउदा ।
मन भरी नै सजाए का, खस्न लागे तुल हरु ।।
न्यानो स्पर्श को कसिलो, त्यो अङ्गालो मा ।
रम्न नपाई माया का, सुक्न लागे मुल हरु ।।
हुन्छ भन्दै तीमि ले नै, मुटु मेरो टुक्र्याउदा ।
मलाई हेरी जता ततै, हास्न लागे हुल हरु ।।
किनी दिउकी रेशम साडी फुलबुट्टे चोली।
लगाई दिउकी मैले पनि मोहोनी त्यो बोली ।।
तीम्रो रुप हेरी सधैं,यो मन को बान्ध फुट्यो।
बगाई दिउकी सागर जस्तै पिरती को खोली ।।
पन्धेरी को पानी जस्तै नरित्तीने जन्म जन्म।
भरी दिउकी रित्तीएको त्यो मन को नि झोली।।
आफुलाई भन्दा धेरै तन मन दिन्छु तीमी लाई।
चुल्याई दिउकी हिमाल जस्तै माया को नि सोली।।
भौगोलिक र जातियमा, देश टुक्रा नपारन बिन्ती ।
डाडा काडा हिमाललाई, भाग भाग नपारन बिन्ती ।।
डाफे नाच्ने त्यो भिर, लालि गुरास फुल्ने पाखा ।
दुश्मनी को सिमा लगाइ,तत मम नपारन बिन्ती ।।
सधैं बग्ने नदी नाला झरना, देशका गहना हुन ।
स्वतन्त्रले बग्न नदीइ,जथा भावी नपारन बिन्ती ।।
सयौ थुङ्गा फुलाउने एउटै, माली नेपाल आमा ।
न्यानो आश्रयदिने कोख,हारा लुछी नपारन बिन्ती ।।
आफ्नै घुडा टोक्न मिल्ने भए ।।
आफ्नै छाती ठोक्न मिल्ने भए ।।
कोशी कर्णाली किन बौलन्थ्यो ??
आँफै बाडी रोक्न मिल्ने भए ।।
गाडी मोटर किन चाहियो ??
आँफै मान्छे बोक्न मिल्ने भए ।।
उच्च न्यायलय को के अर्थ ??
आँफै मन्त्री तोक्न मिल्ने भए ।।
क्षमता को काम भन्दा, धेरै दाम खोज्न चाहन्न ।
अर्का को परीश्रम मा, मिठो माम खोज्न चाहन्न ।।
आफु गुण्डा गर्दी गरेर नै, पराइ को लुछी हिड्दै ।
हाटबजार र चौक चौक मा, नाम खोज्न चाहन्न ।।
भोको पेटलाई मेटाउन, पियासी हरु को घुईचोमा ।
पालो कहिले आउछ भन्दै, लाम खोज्न चाहन्न ।।
अन्ध्यारो नै हुन नपाई, गल्ली गल्ली चाहर्दै म ।
आफ्नो इज्जत बिकाउनलाई, साम खोज्न चाहन्न ।।
शिर झुकाई ईन्द्रेणिले भन्छ'म'तिम्रै निम्ती आए ।
छाती फटाई बाद्लुले भन्छ मैले तिम्रै निम्ती धाए ।।
सिसिरयाम मा हावा को सरसराहट र बन पाखा ले,
भन्छ,दोहोरी र हाक्पारे मा तीमिसङ्गै गीत गाए ।।
सधैं कन्दरा मा निर्झर बग्ने झरना र पन्धेरी ले,
भन्छ,अजम्बरी साथ रहने तीमिसङ्गै प्रित लाए ।।
मिरमिरे मा सितको थोपा र जुन को किरण ले,
भन्छ,मुस्कुराउदै जिउनेआधार तीमिसङ्गै हित पाए ।।