तीमी सङ्ग साथ मागे
खाली तिम्रो हात मागे
मन कतै भाग्नु पुर्व
पिरती को मात मागे
जिन्दगीयो थाक्न सक्छ
मिठा मिठा बात मागे
ईशारा ले हुन्छ भन्यौ
मायालु को जात मागे
तीमी सङ्ग साथ मागे
खाली तिम्रो हात मागे
मन कतै भाग्नु पुर्व
पिरती को मात मागे
जिन्दगीयो थाक्न सक्छ
मिठा मिठा बात मागे
ईशारा ले हुन्छ भन्यौ
मायालु को जात मागे
पराई को सिन्दुर पर्दा तीमिले केही मानेनौ ।
एउटा मुटु दुई वटा,हुँदा मलाई केही भनेनौ ।।
अन्माएर तीम्रो डोली,संघार काटी लान अघी ।
अग्नीराखी जीवनभाक्दा,अप्ठ्यारो नै मानेनौ ।।
मेरो दिलको धड्कन बढ्यो बेदना ले छट्पटाए ।
बेहोश हुँदै भुईमा ढल्दा,आफ्नो समिप तानेनौ ।।
जोडी फुट्दा चरी ले झै माया भनी बोलाई रहे ।
कुल्चिएर अघी बढ्यौ, मेरो आवाज सुनेनौ ।।
जीवन काँडा होकी फुल भनी देउन कोही ।
जीवन तारा होकी धुल भनी देउन कोही ।।
पहिरोझै सुख दु:ख भात्किएनी तारिदिने ।
जीवन नदी होकी पुल भनी देउन कोही ।।
यत्र, तत्र, सर्वत्र नै यहाँ झुक्याउछ सधैं ।
जीवन छाँया होकी तुल भनी देउन कोही ।।
बाहिरीहेर्दा उस्तैछरुप सुसाउछ भित्र भित्रै ।
जीवन आँशु होकी मुल भनी देउन कोही ।।
अहमताले कलँक छोप्नखोज्छ नजानिन्दो ।
जीवन खाल होकी झुल भनी देउन कोही ।।
छिमेकिले सिमा मिच्दा, आशु मात्र बहने भो
बहादुरका सन्तान हामी, नामै मात्र रहने भो
पुर्खाहरुले देश बच्चाउन, काङ्गडासम्म लडेथे
शन्तति लाई धेरै हुँदा, ईतीहास मै रहने भो
बाउबाजेले आफ्नो क्षत्र, टिस्टा सम्म फैलाएथे
दुस्टहरुको छल्कपट मा, मेची मात्र रहने भो
सानो तर सुन्दर नेपाल, त-त म-म ताना-तान ले
घर भित्रै को झगडामा, सत्रु खुशी रहने भो
रँगी चँगी फुलबारी फुलाउने मन छ ।
रस चुस्ने भमरानी भुलाउने मन छ ।।
सानीको मनभए जुनेली को रातभरी ।
उनैको औंला समाइ डुलाउने मन छ ।।
ढुँगा जस्तै मनलाईनि हिउं झैं पगाली ।
सुस्तसुस्त पिरतिमा घुलाउने मन छ ।।
आफु देखी लजाएर टाढा बस्न खोजे ।
समिपैमा बस भनी बुलाउने मन छ ।।
सधैं कतीबसौ एक्लोभई... यसपालीत ।
उनी सँग नयाँ नाता खुलाउने मन छ ।।
मान्छे सबै एउटै हुन्छन, नसोधन जात मेरो ।
हाङगा बाटै फुल्छु फल्छु, नसोधन पात मेरो ।।
हासो खुशी सबै बरा बरी हुन्न यहाँ मातिएर ।
सबै जित्ने आट गर्छु , नसोधन बात मेरो ।।
सुख दु:ख जिन्दगी हो हुन्न यहाँ आतिएर ।
काठयाङ्ग्रिने चिसो हुँदा, नसोधन रात मेरो।।
भदौरे को भेल झै बग्दा हुन यहाँ पातिएर ।
ससार हेर्ने एउटै आँखा, नसोधन घात मेरो।।
नव वर्ष खुशी बनी, सबको मनमा फुली देउ ।
बुद्दको शान्तीफैलाई, सबको मनमा डुली देउ ।।
नयाँ बिचार उमँग मा, बषन्तको पालुवा भई ।
हासो छर्दै वर्ष भरी, सबको मनमा झुली देउ ।।
के युवा के प्रौढ के महिला, के पुरुष सबैलाई ।
प्रगतिको बाटोलाग्न, सबको मनमा घुली देउ ।।
यहाँ भाई भाईको झगडामा, देश रगताम्य भो ।
शान्तीको नै बिउरोपी, सबको मनमा हुली देउ ।।
रिस राग इर्ष्या फाल्न लगाइ,स्वछमनले फेरी ।
उन्नती मा डोर्याएर, सबको मनमा चुली देउ ।।
दुई शब्द लेख्न जान्दा किन गर्छौ गाली ।
तीम्रो कुरो सुन्दै सबैले बजाउदैनन ताली ।।
उम्रिन्दै मा तिनपात को कोही हुन्न हेर ।
साहित्यमा नभए को किन बन्छौ जाली ।।
सबै आफ्नो रचना मा परीश्रमी हुन्छन ।
अरु को नै वाल हेरी किन हुन्छौ माली ।।
थोप्रा न सोप्रा प्रियन्का चोप्रा भने जस्तै ।
आफ्नो रुप नहेरी नै किन ताक्छौ साली ।।
परेली त्यो भिजाएर ''आँशु'' कतै झार्दैछौकी ?
आँफै चित्त दुखाएर ''आँशु'' कतै तार्दैछौकी ?
अस्ति सम्म राम्रै देखे हिजो आज अर्कै भयौ
बस्तीछोडि अन्तैबास ''तीमि'' कतै सार्दैछौकी ?
मन खोली बोल्थ्यौ सधैं थाहै नपाई फेरियौ
पलभर माया सम्झी ''तीमि'' कतै मार्दैछौकी ?
जीवन हाक्ने सारथी भने जस्तो नभेटाउदा
थकित जीवन सङ्ग ''आँफै'' कतै हार्दैछौकी ?
स्वार्थी कोही आएरनै तिम्रो खुशी लुट्यो भन्दै
हासो खुशी अरुसङ्ग ''आफै'' कतै बार्दैछौकी ?
हङ्गामा नै मच्चियो रे मैले मुटु साट्न खोज्दा,
गल्ली-गल्ली फैलियो रे मेरो खुशी फाट्न खोज्दा ।।
समर्पित भई साथ नछुट्ने बाचा कसम खाउ भन्थे,
फूलपाती नै ओइलियो रे देउराली मा भाक्न खोज्दा ।।
अन्धेरी को जुन तीमी, छाया बनी पछ्याउ भन्थे,
गोरेटो नै सागुरियो रे मैले जीवन हाँक्न खोज्दा ।।