खडेरिमा सुकि जाने झरनाको मुल कस्तो ?
फक्रिएर नओईल्याउदै झरी जाने फुल कस्तो ?
चौतारी को वर पिपल झै दुईप्रेमी लाई यहाँ
बाँच्न नदीइ छुट्टाउने बैमानी को हुल कस्तो ?
मन भरी तन भरी खुशीको रङ्ग भर्न नपाई
त्रुटी हरु नभईनै माफि माग्नु पर्ने भुल कस्तो ?
खडेरिमा सुकि जाने झरनाको मुल कस्तो ?
फक्रिएर नओईल्याउदै झरी जाने फुल कस्तो ?
चौतारी को वर पिपल झै दुईप्रेमी लाई यहाँ
बाँच्न नदीइ छुट्टाउने बैमानी को हुल कस्तो ?
मन भरी तन भरी खुशीको रङ्ग भर्न नपाई
त्रुटी हरु नभईनै माफि माग्नु पर्ने भुल कस्तो ?
नौनी जस्तै त्यो मनलाई किन गाल्न खोज्छौ ?
लोभै लाग्दो जीवन लाई किन फाल्न खोज्छौ ??
एक बार को चोला हो बाच्नु छ यहाँ धेरै
मन मारेर आँफै लाई किन ढाल्न खोज्छौ ??
धैर्य बन्न नसक्दा त्यो आफ्नै जीन्दगी लाई
सल्की रहने मुढा जस्तै किन बाल्न खोज्छौ ??
नआउ तीमी फाटेको मन आँफै सिउछु,
नयन भिजाई झर्दा आशु आँफै पिउछु।।
सङ्गै हिड्दा गोरेटो मा साथ छुट्यौ भने,
यो मन रिझाई जसो तसो आँफै जिउछु।।
खोली तर्दा भङ्गालो मा अन्तै मोड्यौ भने,
माया तार्ने सागरबिच डुङ्गा आँफै ख्याउुछु।।
पुराना ति घाऊ हरु बल्झिएर रोए कती
थाकेका यि पाउ हरु अल्झिएर रोए कती
बिर्षौ भन्छु मनले नसकिन्दो रहेछ साथी
छातीभित्र आगो हरु सल्किएर रोए कती
वर्षौ पछी टोलाउदैछु उही यादमा फेरी
परेली मा आशु हरु छल्किएर रोए कती
नत देखे नत सोधे कसैले ढलेको पल
धुलोसरी इच्छा हरु कुल्चिएर रोए कती
नजाउ हजुर मुङ्लानमा बन पाखा धाउला ।
ढिडो सिस्नो मिठोगरी साझबिहान खाउला ।।
मागेको भिख भन्दा पसिनाको फल मिठो ।
खेत बारी ले नपुगे मा कुटो खन्न जाउला ।।
चौतारी मा मन बिसौदै सुसेलिको भाकामा ।
हाक्पारे र दोहोरी त्यो थकाई मार्न गाउला ।।
किनेको सुख भन्दा दु:ख को साथ मिठो ।
खुशी को सागर बर्षाई हामी यही रमाउला ।।
भाई भाई को नाता यहाँ, गासे हुन्न र ??
मन भरी नै खुशी बाटी, हासे हुन्न र ??
उपनि त आफ्नोनै हो, किनलाग्छौ पछी
तीम्रो मन को ब्याभिचार, मासे हुन्न र ??
मिलीजुली बसौ हामी किन, ठान्छौ शत्रु
कुबिचार, कुदृष्टीलाई, नासे हुन्न र ??
राष्ट्रिय अखण्ड माथि आच,किनल्याउछौ
बिखण्डन सिद्दान्त लाई, छासे हुन्न र ??
मेरो जीवन मेरो गाथा सुन्ने यहाँ कोही भएन,
आफ्नै सम्झी मन मा उन्ने यहाँ कोही भएन ।।
बैगुनी लाई गुनलाउदै अप्ठ्यारो मा साथ दिए,
गुन सम्झी दिल भित्रै बस्ने यहाँ कोही भएन ।।
मैले रितु लाई बिर्सेंर सुनगाभा झै फुली दिए,
सुबाश लिन भमरा झै डस्ने यहाँ कोही भएन ।।
आज हजारौ लाई हात फैलाई साथ मागे मैले,
कसिलो त्यो अङ्गालोमा कस्ने यहाँ कोही भएन ।।
कहिले होला शान्ती नेपाल पूर्णरुपले जन्माउने।
सोर सिङ्गार सजाउदै यहाँ दुलहि झै अन्माउने।।
उठौ अब कम्मर कसी नबसौन थकित भई ।
बेलाआयो गाउ,बस्ती,शहर चारैतिर सजाउने।।
गरौ हजुर हातेमालो सबै मिली एकजुट भई।
बर्षौ पछी पालो आयो सुन्दर नेपाल बनाउने।।
अहकार र बैरिभाव यहाँ नगरौन एक अर्कामा।
कोही पराई हुन खोजे नजिक गई सम्झाउने ।।
पुर्वबग्छ मेची नदी पश्चिमबग्छ काली ।
पाखाभरी सधैंफुल्छ चम्पा गुरास लाली ।।
जात जाती र भेष भुषाको पहिचान ले ।
सुन्दर नेपाल सजाउने हामी सबै माली ।।
किन बस्छौ अल्छिमानी सबैमिली गरौ ।
उर्वर छ सधैं हाम्रो भुमी नराखौन खाली ।।
डालीबाट कोपिला मै 'माया' झार्न खोज्छौ ?
माली भई बिरुवा मै 'माया 'मार्न खोज्छौ ??
फुल्न देउ झुल्न देउ धान को बाला झै
बाली हुँदा झरी जाने 'माया' पार्न खोज्छौ ??
बग्न देउ रम्न देउ खुशी छर्दै सधैं
नाली सङ्ग बगाएर 'माया' तार्न खोज्छौ ??
थोपा थोपा गर्दै सागर बन्छ माया यो
छाली देखी अन्तै तीमी 'माया' सार्न खोज्छौ ??
सुख दु:ख जिन्दगी को रित नबुझेर
ताली बज्दा खुशीसङ्ग 'माया' बार्न खोज्छौ ??