खाऊ 'बाबु' खाऊ, अब 'राम' पनि खाऊ !
धोती हरुको जुठो बुबु - माम पनि खाऊ !
हत्यारा र दोषी लाई माफ़ी दिदै हिंड है,
बल्ल-तल्ल कमाको त्यों नाम पनि खाऊ !
बढ्ला देशको सीमा भन्या, घट्या- घट्यै गर्छ,
शिर झुकाऊदै, दुश्मनको, तारेमाम पनि खाऊ !
देश खायो मुसाले झै, कुटु-कुटु छिमेकिले,
कागज़ संगै 'बिपा'को, त्यों खाम पनि खाऊ !