कहिले तल कहिले माथि छुँदै छुँदै गयो दशैं
सबै सङ्ग बिदा मागी रुँदै रुँदै गयो दशैं
विगतलाई बारम्बार सम्झिएर बस्दा
केही खुसी केही दु:खी हुँदै हुँदै गयो दशैं
सबै सङ्ग बिदा मागी रुँदै रुँदै गयो दशैं
केही खुसी केही दु:खी हुँदै हुँदै गयो दशैं
कहिले तल कहिले माथि छुँदै छुँदै गयो दशैं
सबै सङ्ग बिदा मागी रुँदै रुँदै गयो दशैं
विगतलाई बारम्बार सम्झिएर बस्दा
केही खुसी केही दु:खी हुँदै हुँदै गयो दशैं
सबै सङ्ग बिदा मागी रुँदै रुँदै गयो दशैं
केही खुसी केही दु:खी हुँदै हुँदै गयो दशैं
देव्रे आँखा फरफरायो के हुने हो फेरि
पूरै शरीर थरथरायो के हुने हो फेरि
हुकुचिलले कराएर कुलच्छिन भो सधैं
भ्यागुतो नि टरटरायो के हुने हो फेरि
सबै कुरा बेस्वादिला मिठास छंदै छैन
टिम्मुर झैं परपरायो के हुने हो फेरि
चारै तिर विसंगति देख्दा छाती दुख्यो
लगातारै चरचरायो के हुने हो फेरि
किन होला नैतिकता हराएछ साथी ?
अधमदेखि दैव पनि डराएछ साथी
अरुको मन दुखाउनु राम्रो कुरा होइन
दिमागले कसरी यो अह्राएछ साथी ?
झुक्काउने, छकाउने, जाल झेल गर्ने
बिचारले ठूलो गल्ति गराएछ साथी
साँचो माया तोडिदैन बाँच्छ निरन्तर
कसले होला झूठोमाया भराएछ साथी
स्याललाई रङ्गाएर बाघ हुने होइन
असत्यले धेरै तल झराएछ साथी
अनुहार पुस्तिकामा,खराब विचार नगरौँ है l
सद्भावना मात्रै पोखौं,अश्लीलताले नभरौँ है l
मर्यादा र शीष्टतालाई,कहिल्यै भुल्नु हुन्न l
सिकाउने र सिक्ने थलो,कुभावना नछरौँ है l
सकिएला कृति चोर्न,दिमाग चोर्न सकिंदैन l
आफैं लेख्ने कोशिश गरौँ,धेरै तल नझरौँ है l
स्वतन्त्रता सबैको हो,आफ्नूमात्र सोच्नुहुन्न l
कसैको त्यो अधिकारलाई,कहिलेनी नहरौँ है l
आत्मीयता भन्दा ठूलो, संसारमा केही छैन l
मित्रता को नजर बाट, पटक पटक नमरौँ है l
नजानेको बिषयमा, बोल्दा ठक्कर मिल्छ l
नबुझेको जँघारलाई ,कहिल्यै पनि नतरौँ है l
आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई
संसार भरी गनाइहाल्यौ सबले चिने तिम्लाई
देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर
ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई
चिच्याइ चिच्याइ बाँडेका ती मीठा आश्वासन
खाडलमा खन्याइहाल्यौ सबले चिने तिम्लाई
माखो मार्न नसक्दा नि इमान्दार र राम्रो
जबर्दस्ती भनाइहाल्यौ सबले चिने तिम्लाई
वसन्तमा प्रकृतिको मात रैछ मायाँ
लट्ठ्याउने मीठामीठा बात रैछ मायाँ
सिरीसिरी हावाचल्दा ग्रिष्मऋतु राम्रो
छहारीमा हल्लिएको पात रैछ मायाँ
बर्षातमा उर्लिएर खोला नाला बढ्दा
मायालुले समाएको हात रैछ मायाँ
शरदमा ढकमक्क फूलैफूल्को ताँती
टह टह जुनेलिको रात रैछ मायाँ
हेमन्तको उजाडले खिन्न हुँदा मन
सन्तोष र आनन्दको खात रैछ मायाँ
दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
घिच्याएर तान्दातान्दै गयो जिन्दगानी
दिल खोली खुसीबाँड्न सकिएन कहिल्यै
सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी
हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने
सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी
धेरैजना"मुखमा राम राम बगलीमा छुरा"
सहीमान्छे छान्दाछान्दै गयो जिन्दगानी
आमा तिम्ले जन्मदिइ धर्तिमा छुवायौ l
दुद धारा अमृत प्याई हामीलाई हुर्कायौ l
आफ्नो मुटु फुटाएर हालि दियौ भित्र l
नखाएर भोकैबस्यौ हामीलाई खुवायौ l
रातो दिन मायागर्यौ जागा बसी बसी l
हामी लाई हँसाएर आफूलाई रुवायौ l
मनभरी पीरलियौ आफ्नो खुसी बिर्सी l
हामीलाई पार लगाई आफूलाई डुवायौ l
प्रणयका रातहरु एकादेशकै कथा भए
यौवनका मातहरु एकादेशकै कथा भए
सिताराको घुम्टोबाट चियाउँदै सजाएका
माया प्रेमका खातहरु एकादेशकै कथा भए
नयनका इशाराले लजाउँदै गरेका ती
मीठा मीठा बातहरु एकादेशकै कथा भए
अधरको मिलनले संसार नै भुलाएका
रमाइला घातहरु एकादेशकै कथा भए
यौटै आत्मा यौटै मुटु बनाएर अङ्गालोमा
बाँधिएका हातहरु एकादेशकै कथा भए
परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं
घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं
अर्चना र पूजा आजा टिका टाला भन्दै
सजाएका सपना हरु तुहाएर गयो दशैं
जसरि नि रीति रिवाज चाड मान्नु पर्दा
नहुनेलाई ऋणैऋणमा डुवाएर गयो दशैं
जमे होलान जुवा ताश खाल कति कति
हुनेहरुलाई मीठैमीठो खुवाएर गयो दशैं