मुटु मेरो, चर्काएर गयौ
आसै आसमा, पर्खाएर गयौ ।।
माया गर्छौ, आफुलाई भन्दा धेरै
कुन्नी केभो ?,थर्काएर गयौ ।।
अमृत भित्र, बिष नघोलभो
पिउ भन्दा, सर्काएर गयौ ।।
पर्खिबसे सधैंझै, तिम्रो प्रतिक्षामा
नदेखेझै नजर, तर्काएर गयौ ।।
मुटु मेरो, चर्काएर गयौ
आसै आसमा, पर्खाएर गयौ ।।
माया गर्छौ, आफुलाई भन्दा धेरै
कुन्नी केभो ?,थर्काएर गयौ ।।
अमृत भित्र, बिष नघोलभो
पिउ भन्दा, सर्काएर गयौ ।।
पर्खिबसे सधैंझै, तिम्रो प्रतिक्षामा
नदेखेझै नजर, तर्काएर गयौ ।।
उनी कड्किइन् "अझै तिमीले मेरो पिछा छोड्याछैनौ ?",
मैले कुनै अपराधीले अपराध गरेझै मुन्टो निहुराएँ । मेरो नरम पनको फाइदा उठाएर उनी फेरी कराइन् , "तिमी यहाँबाट जान्छौ की मान्छे लगाउँ ?" छिया परेको मुटु अनी आँखाभरी आसुँपार्दै उन्लाई हेरी मुस्कुराएँ ।
उनको रिसले सिमा पार गरेछ क्यार, फुलन्देवीले झैँ आफ्नै हात उठाएर मलाई हिर्काउने कोशीस गरिन् , मैले कुनै प्रतिकार गरिनँ ।
उनको हात एक्कासी रोकियो शायद उनलाई मेरो माया लागेछ क्यार, "सरी" भन्दै मन्द मुस्कान छरेर बाटो लागिन, मैले उनलाई हेरिरहेँ, आँखाले देखिन्जेलसम्म, एकोहोरो....
कसैको मन, चोरी भाछ ।
कसैको धन, चोरी भाछ ।।
उदासिले छाउछ, आज भोली
चन्चल पन, चोरी भाछ ।।
कोइलिले गाउँनै, छाडिछ यहाँ
हरियाली बन, चोरी भाछ ।।
पथ्थरको मुटु, फोरौ भन्थे
फलामकै घन, चोरी भाछ ।।
बाटो हेर्दै छिन् रे प्रिय,फर्की चाडै आउला भनी,
धेरै दिन भयो रे नखाएको सँगै बसी खाउँला भनी
मिलनका रमाइला क्षणहरु सम्झी सम्झी,
दिन रात बिताउछिन् रे चोखो माया पाउँला भनी
शुभ पल शुभ घडी ,शुभ साइत जुराएर,
कसम खाइ बस्याछिन् रे मेरै साथ जाउँला भनी
उकाली र ओरालिमा, देउरालीलाई भेटी चाडाइ,
हाम्रो मिलन गराइ देउ है ,फेरी धाउँला भनी
अघी पछी जन्ती थिए ,तिमी थियौ मेरो साथ
अग्निलाई साछी राखी ,थामेकी थियौ मेरो हात !!
कती सुहाएको जोडी भन्थे ,खुसिले गद्गद थिए सबै
लजाउदै लुकी लुकी हेर्थ्यौ ,हेराइ मै लाग्थ्यो मात !!
सिउदो मा सिन्दुर हाली ,ल्याएको थिए आफ्नो बनाइ
घुम्टो फ्याकी टाफ कसेछौ ,गर्यौ किन विश्वाश घात !!
मन्द मन्द मुस्कुराउदै तिमीले ,स्वागत गर्छौ भनेको त
उफ्फ ! खाटत रित्तो रित्तो ,दुलहीबिना केको सुहाग रात !!
संघर्स गर्दै जिन्दगीमा, अघी अघी बडेँ म त
अप्ठ्यारा यी बाटाहरुको उकालीमा चडेँ म त
भबिस्यका सुन्दर सपनाहरु, मन भित्र खेलाउदै
भावनामा बग्दै जाँदा चिप्लियर लडेँ म त
फूलका डालिमा फुलिदिने सपना का फूलहरु,
नफक्रदै झरे पछी, छाङ्गा बाट झरेँ म त
उज्ज्वल भबिस्य खोज्दै गर्दा भइदियो अन्धकार
खै के सुनाउँ अब? खाडी देश मै सडेँ म त
फुल रहेछौ चिन्न सकिन ।
मुटुमा राखेछौ, मिल्न सकिन ।।
अन्मोल रहेछ, तिम्रो माया
म भिखारी ले, किन्न सकिन ।।
कती धेरै माया, दीयौ मलाई
आफ्नो सम्झी, छिन्न सकिन ।।
विश्वाश गरी, हात अगाडि बडायौ
माफ गर ल, सङै हिंड्न सकिन ।।
पिडै पिडा भए पछी छाती ,भत्भती जल्दो रहेछ,
जती निभाउन खोजे पनि ,दनदनी झन बल्दो रहेछ !!
जिन्दगीका यात्राहरुमा अडिग भई अघी बड्दै जादा,
कहिले काही लडाउने ,आधिहुरी चल्दो रहेछ !!
दु:ख पछी सुख यहाँ अब्स्य मिल्छ भन्थे मान्छेहरु,
भाग्य लेख्ने कुचिले नि ,खुसी लेख्न छल्दो रहेछ !!
फुल्दै देखी दुस्मन ले चिचिलो मै निमोठी फ्याके पछी
बोट मात्रै ठाडो हुने, फल कहाँ फल्दो रहेछ ?
तिमीबिना आजभोली साथ रित्तो रित्तो
सम्झनाका छन खात माया रित्तो रित्तो !!
हिड्दै थियौ सँगसङै, कहा हरायौ आजभोली
समायका छुट्दा हात, यात्रा रित्तो रित्तो !!
मनको फुल्बारिमा रोपेकै थिय, झर्यो कोपिलामै
हाङगा बाँकी झर्यो फुल, बोट रित्तो रित्तो !!!
झझल्कोमा देखिरहन्छु, सधैंभरी पर्खिरहन्छु
सपनिमाभेटी जान्छ्यौ रात, यहा रित्तो रित्तो !!
पानीमा भिजेको रुवा भएको छ जिन्दगी,
हावामा उडेको भुवा भएको छ जिन्दगी !!
सागर त नाम मात्रै भएछ आज
सुकेको कुवा भएको छ जिन्दगी !!
सास फेरेर पनि जिउदो लास जस्तै भएको छु
चिता माथिको धुवा ,भएको छ जिन्दगी !!
गन्तब्य बिहिन यात्री झै हिडिरहेछु आज ,
बाटोमा हिंड्ने ब-टुवा भएको छ जिन्दगी !!