दुःखको लामो सडकमा
पीरको केही छडकमा
चल्दथे 'टुक टुक टुकू !'
आफूजस्तै लाख हेरी
बेला-बेला
पार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेला
जसको आत्मा रस-घुट्को
पथमा चल्दै'टुक टुक टुकू !
'टुक टुक टुकू!'
डाक्टरहरुले मानव-मुटुमा स्टेथोस्कोमा कान थापी
एक रोमान्टिक अर्थ लाउँथे
'लबढब! लबढब' बोल्छ रे त्यो
भन्ने मिथ्या खूब फिजाउँथे!
मानो लभ्को कोही ढुक्कुर, स्वप्नदलमा नीड बनाई
बोल्छ भाइ !
शिरी फरादका स्वप्न गाई!
मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई!
यो रोमानी अर्थ लाई !