यहाँ अरुको देखेर
जलनको सागरमा
जल्नेहरुले
कल्पनामा शब्दका सागरमा
गोतालाई मोतिरुपी शब्द झिकेर
यहाँ
म ओशो र गुरु महाराजको
अनुयायी हुँ भनेर खोक्ने गरेको
र दुइ चार भ्रमित कुरा गरेर
सिधा साधा पाठकको
आँखामा भ्रमको छारो हालेको प्रस्ट देखिए ।
ये मनका चिन्तनबादीहरू ,
ये भौतिक तनका
कुरा काट्ने नारदबादीहरू
सक्छौ भने
तिमी ओशोले झैँ
आफ्नै तपोबन खडा गरन ?
ताकी तिम्रो मार्गदर्शन
दुनियाँ मै
पहिलो नयाँ आयाम होस् ?