तिन अक्षरको यो शब्द जनता
अर्थ के हो जान्न छाडियो अवता
कोहि फलानाको जनता
कोहि चिलानाको जनता
मर्ने जनता कि मार्ने जनता ?
कसको जनता ?
मर्न पठाउनेको जनता
कि मार्न पठाउनेको जनता ?
टाठा-बाठाको शब्द जालमा फँस्ने जनता
उनिहरुकै कित्ताबन्दीमा बस्ने जनता
कुटिने, काटिने, लुटिने, मेटिने जनता
उसैको नाउँमा अरुले मोज गरेको हेरेर बस्ने जनता
माना मुठिमा चित्त बुझाएर मुरि अरुलाई दिने जनता