अन्याय र अत्याचारको
कालो कालको अन्तयको
निमित्त जब अनगनत
मशालहरु बल्दछन जुनकिरीसरि
अनि रक्तदिपहरु भर्भराउन थाल्छन
नया बिजयदिवश भित्रिने खुशीमा,
आमाहरु बिर सपुतहरुको माथामा
बिजयटिका लगाउदै गदगद भैरहेका हुन्छन,
अनि बहिनी र चेलीबेटीहरु
खुकुरी र तरबालका धार र वारका गीतहरुमा
नाचिरहेका हुन्छन,
तर,तबपनि,
आफ्नो पुच्छर मुनिको संसारको स्वाद लिदै
मस्त संग निदाई रहेका हुन्छन
भुस्या कुकुरहरु..........।