खोला सँग-सँग बगर हो जीन्दगी,
अमृत मिसिएको जहर हो जीन्दगी ।
एक लाई बाँध्यता अनि बोझ,
अर्कोलाई खेल अनि रहर हो जीन्दगी ।
कसैलाई चीसो बाँस र ओछ्यान,
कसैलाई बाझो खेतको नहर हो जीन्दगी,
कसैलाई सितल मस्त-मस्त पवन,
कसैलाई पवनको कहर हो जीन्दगी ।
खोला सँग-सँग बगर हो जीन्दगी,
अमृत मिसिएको जहर हो जीन्दगी ।
एक लाई बाँध्यता अनि बोझ,
अर्कोलाई खेल अनि रहर हो जीन्दगी ।
कसैलाई चीसो बाँस र ओछ्यान,
कसैलाई बाझो खेतको नहर हो जीन्दगी,
कसैलाई सितल मस्त-मस्त पवन,
कसैलाई पवनको कहर हो जीन्दगी ।
देऊ त तिम्रो गालाको लाली गीत लेखी दिन्छू,
कागजमा काजल पोख प्रित लेखी दिन्छु ।
नाकको नागमणी फुली आहा कस्तो झिलमिलाको,
म त अँधेरीमा जुनकिरीको जीत लेखी दिन्छु ।
लालुपाते ति ओठमा देख्दा लाजको नौलो लाली,
भैदिन्छू सातै रंग अनि नौलो रित लेखी दिन्छु ।
ति हातका गोरेटामा यो यात्री लाई हिड्न देऊ,
हर पाईलामा कसम तिम्रो मित लेखी दिन्छु ।
त्यो मुटुमा बस्न देउ हर धड्कन संग बाच्न देऊ,
जे जसरी जीवन जाओस् तर जादा जीत लेखी दिन्छु
यो बाटोमा नलडि हिड्नु ठूलो कुरो रैछ ।
आफैले आफैला चिन्नु ठूलो कुरो रैछ ।
तप्तपी धुपमा बालुवा नि चम्कन्छ है,
बगरबाट सुनकण चुन्नु ठूलो कुरो रैछ ।
बनिबनाउँ देशको राजा जो नि हुन सक्छ,
खण्डहर बाट रोम शहर कुद्नु ठूलो कुरो रैछ ।
सम्बन्धका डोरीहरु टुट्दा रैछन सजिलै नै,
सम्बन्धलाई माकुरीले सरि बुन्नु ठूलो कुरो रैछ ।
अगाडि त ताली याहा जस्ले पनि पाउछ "अर्याल",
पिठ पिछे नि मान्ने-गुन्ने बन्नु ठूलो कुरो रैछ ।
आफ्नै छाया आफै बाट टाढ- टाढ भाग्छ अचेल ।
ऐनाले खिसी गर्दै जिस्काएझै लाग्छ अचेल ।।
होश छैन, हवास छैन, भोक छैन, प्यास छैन ।
तिम्रो कसम तिम्रै नामको बिष खाएझै लाग्छ अचेल ।।
तिम्रै निम्ति जिउ-ज्यान दिदा आँखा तर्छेऊ किन तिमी?
भाग्यले नि मै माथि रिस खाए झै लाग्छ अचेल ।।
गर्दन थाप्दा मुटु हान्यो, घायल बनाई छाड्यौ किन?
तिम्रो निसानाले जानि- जानि मिस खाएझै लाग्छ अचेल ।।
आफ्नो आधार आफैलेनै खिस्काएझै लाग्छ अचेल ।
ऐनाले खिसि गर्दै जिस्काएझै लाग्छ अचेल ।।
रामोराम जामसरि नजरमा चढी हजुर ।
जेठी होईन तिम्री माईली छोरी अति मन परी हजुर ।
हिजो गैरीखेतमा देख्या थिए ठ्याक्कै मनजरी हजुर ।
गोरी होईन तिम्री काली छोरी अति मन परी हजुर ।
स्वर ऊन्को कोयलीको, नाच्दा जस्तै मयूर हजुर ।
मोटी होईन तिम्री पात'ली छोरी अति मन परी हजुर ।।
बोलीबचन उस्तै मिठो रानी बनकी चरी हजुर ।
लजालु होईन तिम्री नक्कली छोरी अति मन परी हजुर ।
गाँउपनि मन पर्यो,हुनेभो मन परेको ससुराली हजुर ।
तारा होईन तिम्री जूनसरि छोरी अति मन परी हजुर ।।
सुर चक्नाचुर भयो र त दिमाग तात्यो,
आफ्नो दूर भयो र त दिमाग तात्यो ।
जस्लाई आँखाको नानीसरि आँखामा राखे,
त्यो आँखाको घुर भयो र त दिमाग तात्यो ।
बर्खाको भेल नभनि भवसागर तराए त्यस्लाई,
त्यहि मेरो असुर भयो र त दिमाग तात्यो ।
दधिचिको ब्रम्ह बज्र बनाउछु भनि बिचारे थे,
बजिया बाख्रीको खूर भयो र त दिमाग तात्यो ।
कताबाट आज उन्को फोटो भेटियो ।
धोको फेरि हेर्ने आज धोको मेटियो ।।
फूँलसरि मुहार उन्को अझ फूँलै बरिपरि ।
मौरी मुहार लाई फूँल भनि झुक्किएको आजै देखियो ।।
केहि चोट बिर्से थे म,केहि चोट ठिक भा थे ।
ति नजरले आज फेरि अर्याल रेटियो ।।
ति नजरले जब यि नजरका मोहनीका भाषा बुझे ।
यो जुनि त भै गो साथमा कैयो जुनि साटियो ।।
ठिक्क परि बस जेठी यस्तै माया बस्यो भने ।
फेसबुक मै रन्क्याई देउला "लौ हमीले त नेटो काटियो" ।।
मेरो मनले तिमीलाई नछुएपछि,
यो रंगले तिमीलाई छुदिन भो ।
त्यो होलीलाईनै अन्तिम माने मैले,
अब अरु होली खेल्दिन भो ।
त्यो पल गयो सँग मेरो एक अँश लिएर गयो,
को सद्धे को दोषी भन्दिन भो ।
तिम्रो रंगलाई रगत माने मैले,
अब रगतको होली खेल्दिन भो ।
आई एम साँरी सुन्तली अलिकति चडाई आ'छु,
यो झुकेको गर्दनलाई अलिकति ठडाई आछु ।
अति भा थ्यो सिन्के साला,मै हू भन्थ्यो तिन्के दादा,
झ्यापको तालमा च्याप समाई, कोई लाई उडाई, कोई लाई ढलाई आ'छु ।
जाहा जान्छु पुवर -बेकवार्ड भनि लास्टै रयाक गर्थे सुन्तली,
"ह्वाट ईज इन नेम" सोध्दै सबका गाला तताई आछु ।
प्लिज बोर नगर नाँन्सेन्स क्वेश्चन सोधि, होयर ईज जनेउँ-जुत्ता सोधि,
स्टुपिड्स् हरुलाई आज रियल लेस्शन पढाई आछु ।
घरमा मात्र नाम थियो, नाम मात्रको नाम थियो,
"द ग्रेट कान्छो" बनि आज, डार्लिङ्ग, नामको भ्यलु बडाई आछु ।
तिमीले पुज्ने देउतासँग रिस खाएर आएको छू,
त्यहि झोकमा अमृत छोडि बिष खाएर आएको छु ।
दिमाग मेरो अँचार भयो, बिचार रण्डी बजार भयो,
तिम्रो कसम खाई मगज खिस्काएर आएको छु ।
छातीभरि चाह थियो,मुटु पोल्ने डाहा थियो,
त्यो छाती र त्यो मुटुलाई फुटाएर आएको छु ।
ध्यानमग्न तिम्रो देउताको ध्यानैसँग रिस उठ्यो ,
देउतालाई सकिन सो पुजारीलाई जिस्काएर आएको छू ।