आँधीसरी मायाँ उन्लाई दिएँ के बिराएँ ?
सुटुक्कै पो मन चोरी लिएँ के बिराएँ ??
छेडिदिँदा मुटु हेराईको त्यो वाणले,
रन्थनिँदै अलिअलि पिएँ के बिराएँ ??
थोत्रिएर यो जिन्दगी मक्किएको बेला,
फाट्ला भनी जतनैले जिएँ के बिराएँ ??
सिसासरि छातीभित्र चर्की पैरो जाँदा,
भक्कानिँदै पहाडझैँ खिएँ के बिराएँ ??
खाली थियो मुटु जिन्दगी त बिरसिलो,
खाली पानामा उन्कै तस्वीर् सिएँ के बिराएँ ??