आफुलाई भन्दा धेरै तिमीलाई माया गर्छु काली
एक्चिम्टी सिन्दुरले तिम्रो खाली सिउदो भर्छु काली ।।
जिन्दगीका हरेकमोडमा सुख दु:खमा साथ दिन्छु,
तिमी मेरो भईनौ भने जिउदिन भो मर्छु काली ।।
जिन्दगीका हरेकमोड्मा साथ दिय तिमीले मलाई
अन्धेरा यि गोरेटोमा, रोषनी म छर्छु काली ।।
मैले जतिमाया गर्छु, तिमिले जती अली हैन
यस्तैमाया पाइरहे सधैं, सयौ जङ्घार तर्छु काली ।।
एक्चिम्टी सिन्दुरले तिम्रो खाली सिउदो भर्छु काली ।।