अप्सरा पो हौ कि कतै, या परी पो हौ कि तिमी ?
बिन्, बादलनै बर्सिदिने, या झरी पो हौ कि तिमी ?
अप्सरा पो हौ कि कतै..
पिपल पाते ओठ तिम्रा, नयन छ्न् मृगका झै,
कोईलीको बोली तिम्रो, या चरी पो हौ कि तिमी ?
अप्सरा पो हौ कि कतै..
सामु मेरो तिमी हुँदा, आफै लाई बिर्सिन्छु म,
भुल्भुलैया देशको कुनै, नगरी पो हौ कि तिमी ?
अप्सरा पो हौ कि कतै..
पुष्प-कमल ति अंग मा, छुँदा दाग लाग्छ कि त,
बेली हौ कि चमेली या, बाबरी पो हौ कि तिमी ?
अप्सरा पो हौ कि कतै..
'तखल्लुस्' भो 'प्रखर' कुनै, भुमरी पो हौ कि तिमी ?
((बिन्, बादलनै बर्सिदिने, या झरी पो हौ कि तिमी ?
अप्सरा पो हौ कि कतै, या परी पो हौ कि तिमी ?))
नोट :
तखल्लुस्, = जस्को अर्थ उर्दु मा "अन्त या अन्तिम या समाप्ति" भन्ने बुझिन्छ !! गजल को अन्तिम शेर मा राखिने गजलकार को भिन्दै नाम (पेन नेम) !!