बाचन गर्दा ओठभरी ठर्रठराउँछ गजल मेरो।
बेवासिरे पाना भरी फर्रफराउँछ गजल मेरो।
पीर ब्याथा त्यान्द्राहरु गुजूल्टो बनाई लेखे,
पाठकको त मनैभरी चर्रचराउँछ गजल मेरो।
गुरु बिनाको चेला म माली बिनाको फूल जस्तै,
मनोबल यहाँ घटाएर बर्रबराउँछ गजल मेरो।
शब्दका ति कोषहरु मनै भरी जन्म हुँदा,
नयनबाट आँसुबनी झर्रझराउँछ गजल मेरो।
प्रगतिका पाईला सँगै लर्रखराउँछ गजल मेरो।