बचन बाणले हान्यौ र त म रोए ।
झार पात ठान्यौ र त म रोए ।
रुपकी रानी मन्की कालि रैछौ तिमी ।
मलाई कुरुप मान्यौ र त म रोए ।
आखिर के नै छ र तिमी सँग तेस्तो ?
मलाई गरीब भन्यौ र त म रोए ।
आफैलाई सर्बमान्य सोच्यौ तिमीले ।
मलाई शुन्यमा गन्यौ र त म रोए ।
बचन बाणले हानेयौ र त म रोए ।
झार पात ठानेयौ र त म रोए ।