बस्दिन भो मुङ्लान मा यसपाली आउछु सानु ।
छेउ मा बसी रमाएर चोखो माया लाउछु सानु ।।
चाहिन्दैन सुख मलाई दु:ख मानै जिउला सधैं ।
तीमी सँगै हासी खेली मेलापातमा धाउछु सानु ।।
पन्धेरी र घासदाउरा हामी मिली जाउला सङ्गै ।
थकाई लाग्दा उकालीमा मिठोगीत गाउछु सानु ।।
सुख दु:खमा साथदिने तीमिनै हौ मेरो संसार ।
तीम्रो समिप भए भने सधैं सधैं रमाउछु सानु ।।
पिर ब्यथा सबै भुली तीमी भित्रै हराउछु सानु ।।