विपनीमा तिमीलाई, चोरीचोरी हेर्ने गर्छु ।
फेरि राति सपनीमा, अँगालोमा बेर्ने गर्छु ।।
हजार हन्डर खाएपछि, पागल बन्दो रै'छ मान्छे ।
नियतिको लेखोटलाई, सच्याउन केर्ने गर्छु ।।
कल्पनाको आकाशमा, बादल बनी उडीउडी ।
तिमीसहित सिङ्गै धर्ती, वरिपरि घेर्ने गर्छु ।।
अरू मात्र हैन आफ्नै, जिन्दगीले धोका दियो ।
निर्मम भई म त अचेल, आफैँलाई सेर्ने गर्छु ।।