धेरै धेरै माया पनि टिक्दैन रे भन्ने सुने
नबोल्नेका माया पनि बिक्दैनन् रे भन्ने सुने
संसारमा धेरै कुरा खरिद र बिक्री हुन्छ
माया किन्ने पसल कतै हुँदैन रे भन्ने सुने
पिए पनि सारा नदी समुद्रले पिए सरी
नदीहरूले कुनै दुःख मान्दैनन् रे भन्ने सुने
त्याग अनि दिनु मात्र लिनेको त भाउ छैन
दिने मात्र संसारमा अमर हुन्छ भन्ने सुनेँ
आँखा पनि चूपै थिए मुख पनि मौन थियो
शब्दभन्दा निशब्दमा माया धेरै भन्ने सुने
मुटुभित्र कोही राखी जिउँदै छौ रे भन्ने सुने
धेरै धेरै माया पनि टिक्दैन रे भन्ने सुने
नबोल्नेका माया पनि बिक्दैनन् रे भन्ने सुने