जाडो छेक्ने गरीबको ओढने भयो मेरो गजल
यता जोड्दा उता तिर छोडने भयो मेरो गजल
साच्चै राम्रो बनाउछु भनि सिप लाउदा पनि
निति नियम सारा हजुर तोड्ने भयो मेरो गजल
बाटो हेर्दा सहज जस्तो गाह्रो यात्रा गर्न
घुम्ति नभा ठाउमा नि मोड्ने भयो मेरो गजल
जोस जागर लागाएर काम गर्नु पर्छ भन्थ्ये
अल्छि यो खेतालाले गोड्ने भयो मेरो गजल
यता जोड्दा उता तिर छोडने भयो मेरो गजल