कलेजिमा उनकै माया सयौ डाँडा काटे पनि ।
मझेरीमा उनकै माया सयौ चिरा फाटे पनि ।।
स्वार्थ लुटी मलाई छोडि पराइ सङ्ग गएनी ।
सङ्गाले थे उनकै माया सयौ चोटि ढाटे पनि ।।
खाको कसम तोडी जादा मेरो आँचल भरि नै ।
अङ्गाले थे उनकै माया सयौ डोरी बाटे पनि ।।
लाको माया भुलेनी हिर्दय को पाना भरी भरी ।
रङ्गाले थे उनकै माया सयौ मुटु साटे पनि ।।
फङ्गाले थे उनकै माया सयौ बोली डाटे पनि ।।