यो जोवन अन्तै साटेको भए
मै मरी जाउला ढाटेको भए
तिम्रै केशमा डोरी झै छु म
सत्य! अरुको बाटेको भए
दिलमै राख्या’छु तिम्रो तस्बिर
धरोधर्म सानु फाटेको भए
जीवन मेरो तिमी बिनाको
बिद्यानष्ट मैले आटेको भए
सजाय कबुल छ जे दिए पनि
तिम्रो भर मैले काटेको भए
यो जोवन अन्तै साटेको भए
मै मरी जाउला ढाटेको भए