म तिम्रो नीजी शहर पुरा गर्न जन्मेको होइन ;
वेवारिसे घरको लहर पुरा गर्न जन्मेको होइन ;
स्वार्थपनको नजिक नजाऊ कसैलाई चिन्दैनौ ;
म भेदभावको खण्डहर पुरा गर्न जन्मेको होइन ;
दुर्गन्धित भेल बगिरहेछ मानवतालाई किल्चादै ;
आफैलाई बगाउने नहर पुरा गर्न जन्मेको होइन ;
समय लाई बदल्न नसकी आफै अनुकुल भए ;
म त्यो बेमौसमी रहर पुरा गर्न जन्मेको होइन ।