मैले मनको मन्जिल पाउन सकिन
चाहाना तिम्रो त्यो, धाउन सकिन
भिकारी होइन म, त्यो जवानीको
खुसी तिम्रो मेट्न, आउन सकिन
फिल्मी संसार छायौँ जगत भरी
दुनियाँनै अर्को भो रमाउन सकिन
बलेसी झै झरीरहे ति नयन बाट
पथ ति फरक बने समाउन सकिन
गाठोपार्दै मुटु, त्यता लाउन सकिन
मैले मनको मन्जिल पाउन सकिन
चाहाना तिम्रो त्यो, धाउन सकिन