मलाई जहान पाल्नु छैन ।
भत्केको छ घर टाल्नु छैन ।
बिदेशमा रगत बेचेर मेरो,
सिस्नुमा नुन हाल्नु छैन ।
म भिमशेनको छोरा हुँ आमा,
बाबाको ईज्जत फाल्नु छैन ।
निभ्न देउ चुलोमा आगो बरु,
स्वाभिमान गुमाई बाल्नु छैनँ ।
पुर्खाको धरोहर ढाल्नु छैन ।
खाँडीमा ठुल्दाई भेडा चराउदैछ,
होईन उतै पाईला चाल्नु छैन ।