मरिजाने शहिद भए, घाइते आमाका काखहरुमा
कहिले आउला शुभ दिन, यो धर्तिका पाखाहरुमा ।।
माथि माथि हेर्दैछन्, केहि होलाकि भन्ने आशमा
कहिले आउला तेज चमक, लोलाएका आखाँहरुमा ।।
जता जाउँ भेटिदैछ, अन्योलता र उकुस-मुकुस
कहिले होला गाउने गीत, उन्मुक्तिका भाखाहरुमा ।।
द्वेस क्लेस दुर्भावनाले, घर याहाँ गरेका छन्
कहिले होला आउने एकता, जातजातिका शाखाहरुमा ।।
मरिजाने शहिद भए, घाइते आमाका काखहरुमा
कहिले आउला शुभ दिन, यो धर्तिका पाखाहरुमा ।।