मुटु पिच्छे मायाको नि बेग्ला बेग्लै भाउँ हुन्छ
बाहिर खाटा देखिए नि भित्र दुख्ने घाउँ हुन्छ
मझधारमै डुब्न सक्छ मर्ने बाच्ने ठेगान हुन्न
जसको पाउँमा एकैचोटी दुइ वटा नाउँ हुन्छ
पनि जस्तै तल तल बगी जाने माया हुन्छ
मायाको त्यो अन्नपुर्ण, जीवहरुको माउँ हुन्छ
दिनु पनि लिनु पनि सबैथोक हुन्छ भन्छन्
कहिले हार्ने कहिले जित्ने मायालुको दाउँ हुन्छ
अन्जुलीमा पुष्प हार निधारमा टिका हुन्छ
काँडा टेकी रगताम्य कठैबरा पाउँ हुन्छ - !!!