पीडाको त्यो धारमा नमज्जाले रेटिएँ म ।
जिन्दगीको अँधेरो कोठा भित्र छेकिएँ म ।
सुखी हुन संगर्ष थुप्रै मैले गरेको थें
अभागी नै रहेछु दु:ख मै पो पेलिएँ म ।
सबै संग मिल्न त नखोजेको कहाँ हुँ र
कर्मै खोटी रहेछ क्रुर जस्तै देखिएँ म ।
सारा कुरा पाएकै थिएँ आज सम्म मैले
तर अहँ दुर्भाग्य दैब बाट हेपिएँ म ।