पिरतिको पर्खाल त्यो नगाउन सक्छौ मायाँ
मेरो हात समाएर भगाउन सक्छौ मायाँ ।।
माग्या हैन हात तिम्रो साथ मात्र मागेकि हुँ
बिपतीमा अघि बडी सघाउन सक्छौ मायाँ ।।
आशा मरे जाग्थ्यो होला चाह मर्न लागि सक्यो
मर्न लाग्या चाह मेरो जगाउन सक्छौ मायाँ ।।
तिमी सगँ कुनै कुरा नमागे रै बिन्ति गर्छु
मेरो चिता माथि आगो लगाउन सक्छौ मायाँ ।।
तिम्रै हुने चाहाना थ्यो तिम्रो नभै मरे भने
मेरो अस्तु गंगा लगी बगाउन सक्छौ मायाँ ।।