रात रात जस्तै छैन जीत कतै सिए देखि काली !
बात बात जस्तै छैन प्रीत कतै जिए देखि काली !!
चुप चाप थिए हाम्रो माया कति मिठो थियो यहाँ !
मात मात जस्तै छैन शीत कतै पिए देखि काली !!
बन्द ओठ थिए हाम्रो प्रेम कति चोखो थियो यहाँ !
जात जात जस्तै छैन मीत कतै लिए देखि काली !!
एक मन थिए हाम्रो फुल कति शान्त थियो यहाँ !
पात पात जस्तै छैन रीत कतै दिए देखि काली !!
मुटु मुटु थिए हाम्रो सँधै बग्थे प्रेमका रस यहाँ !
घात घात जस्तै छैन हीत कतै खिए देखि काली !!