आमा तिम्रो याद बड्दा रुन्छु धेरै धेरै ।
गाँउ सम्झी चेत बिहिन हुन्छु धेरै धेरै ।।
राम्रो काम दिन्छु भन्यो खुशीहुँदै आए ।
जुठो भाडा गन्ध्ये लुगा धुन्छु धेरै धेरै ।।
सानो सानो बच्चा हेर्दै दिन काट्नुपर्छ ।
बच्चा सुत्छ अनी कुरा गुन्छु धेरै धेरै ।।
कोठाभित्र बस्छुपर्छ घुम्नजान दिन्नन ।
कस्तो कर्म भन्दै सिर छुन्छु धेरै धेरै ।।
त्यसैले नै गाली दिन्कै सुन्छु धेरै धेरै ।।
आमा तिम्रो याद बड्दा रुन्छु धेरै धेरै ।
गाँउ सम्झी चेत बिहिन हुन्छु धेरै धेरै ।।