आयो फेरि याद बनी कोई,
मेरो सिरानी भिजाएर गयो ।
छाडे थ्यो चिनो एउटा,
त्यहि चिनारी भिजाएर गयो ।
बिछोडको भेलमा पनि ओबानो राख्या थिए,
त्यहि निसानी भिजाएर गयो ।
रात त सधै भिजेरै बित्दथ्यो,
आज, उफ्..., बिहानी भिजाएर गयो ।
सारा काहानी भिजाएर गयो ।
खै कस्तो गरे प्रेम मैले "बिरही",
सारा जवनी भिजाएर गयो ।
चिता मेरो जल्न दिएनौ ठिकै छ तर अफ्शोस!!
यो जाडोमा बिचारा सारा मलामी भिजाएर गयो ।
निष्ठुरीको माया गर्ने अन्दाज थाहा छ मलाई,
मेरो अन्तिम बिसौनी भिजाएर गयो ।