सुनसान अनि एक्लो भो, हर रात तिमी बिना
कोही छैन सुनि दिने, मिठा बात तिमी बिना
न्याउलि झै रुदारुद, सुकिसक्यो आशु पनि
बिछोडमा चाहनाका, लागे खात तिमी बिना
तिमी पनि छटपटिमा, निशासिदै हौला सानु
नदेखिने खडेरीले, सुक्यो आत तिमी बिना
मैलाई हेरी भित्ताले नि, जिस्क्याए झै लाग्न थाल्यौ
नफक्रदै ओईलि झर्यो, बैशका मात तिमी बिना
त्यही आगो निभाउन, छैन हात तिमी बिना