तिमि धाउनु पर्दैन भो, मै बेशि झरौला ।
आउ मात्र भन प्रिय, सयौ खोला तरौला ।
तिम्लाइ देख्न मेरा नयन, असाध्यै आतुर छन ।
दिल्मा ठाउ देउ प्रिय, मनको बसाइ सरौला ।
तिमि राजि हुंछ्यौ भने, डोलि लिइ आउनेछु ।
हास्दै खेल्दै मेरि प्रिय, गाउबेशि गरौला ।
केहि नहोस तिम्लाइ भनि, देविदेउता भाक्याछु ।
सयौ जुनि बाच्नु प्रिय, मै पहिला मरौला ।
आउ मात्र भन प्रिय, सयौ खोला तरौला ।