धेरै भयो तिम्रो बिम्ब आँखाभरि नाचिरन्छ
छाँया तिम्रो उजाड यो पाखाभरि नाचिरन्छ
घरदेश छाडी गयौ बाध्यताको बन्धनमा
कतिन्जेल थाम्नु मन डुब्न थाल्यो क्रन्दनमा
तिम्रो नासो तिम्रो हाँसो काखभरि नाचिरन्छ
छाँया तिम्रो उजाड यो पाखाभरि नाचिरन्छ
यस्तै रैछ जिन्दगानी दुईइदिने घामपानी
होला भेट छिट्टै हाम्रो पर्खिराछु यहि ठानी
छाँया तिम्रो उजाड यो पाखाभरि नाचिरन्छ
धेरै भयो तिम्रो बिम्ब आँखाभरि नाचिरन्छ
छाँया तिम्रो उजाड यो पाखाभरि नाचिरन्छ