एउटै मुटु अलग हुनु, लेख्या रहेछ लेखान्तमा !
तिमी जान्छ्यौ घुम्टो ओढी,यही माघ मसान्तमा!!
तिम्रो मेरो नाम लेख्या, च्यानडांडाको ठुलो ढुंगा !
बिर्स्यौ होला सिउरी देको, शिरैभरी फूलको थुंगा !!
यी विगतका पाना पल्टाई, रोई बस्छु म एकान्तमा!
तिमी जान्छ्यौ घुम्टो ओढी,यही माघ मसान्तमा !!
तिमीलाई नै माया गरे,भो पर्दैन मलाई अरु!
यो दुखीलाई बिर्सिएर, हाँसी ख़ुशी बस्नु बरु !!
तिमी जान्छ्यौ घुम्टो ओढी,यही माघ मसान्तमा!!
एउटै मुटु अलग हुनु, लेख्या रहेछ लेखान्तमा !
तिमी जान्छ्यौ घुम्टो ओढी,यही माघ मसान्तमा!