न जीउनु नै नपर्ने न त मर्नै नपर्ने ।
फुल जस्तै जीवन न त झर्नै नपर्ने ।
जीवनका चाहना नै खै कस्तो-कस्तो
बालुवा ति बगरमा थुप्रिएको जस्तो ।
बाँचुन्जेल दु:ख'नै न त गर्नै नपर्ने
न जिउनु नै नपर्ने न त मर्नै नपर्ने ।
बाँची रहंदा'नी कै'ले मरे जस्तै लाग्छ न जीउनु नै नपर्ने न त मर्नै नपर्ने ।
आशाहरु फुलाउने न त ईच्छा जाग्छ ।
आफु एक्लै जंगारहरु न त तर्नै नपर्ने
न जिउनु नै नपर्ने न त मर्नै नपर्ने ।
फुल जस्तै जीवन न त झर्नै नपर्ने ।