किन आज हामि आफै आफ्नो वैरी भएकाछौ
कासि जान हिड्या यात्री कुति तिर गएकाछौ
कानुनको धोति लगाई जिम्मेवार हिडि राछन्
व्यभिचारि फटाहाले इमानको गित ...गाछन्
घुस नखाइ काम गरे कर्मचारिको जान्छ धर्म
घुस दिने त्यो गरिवको कस्ले बुझ्ने याहा मर्म
देश हाक्ने मन्त्री याहा कमिसनको खेल खेल्छ
साधारण जनता भने... अभावको मार झेल्छ
पढ्न जाने विद्यालयमा, पढाउने छैनन् सर
विद्यार्थिले पर्नु पर्छ..... पुस्तकको मात्र भर
प्रहरिका हाकिमले... श्रीमतिको हत्या गर्छन्
सुरक्षाकै अभावमा सर्वसाधारण याहा मर्छन्
देश हाक्ने नेता हेर्यो,... छैन कतै दुर दृष्टि