फूललाई रुवाएर
प्रेमको बिसौनीमा
सुखको पसर
बाँडिन्छ रे अचेल!
आफैँ हराएर निराश भएको दिन!
आफैँलाई निचोरेर
रगतका थोपा थोपा
र
काटेर मासुका चोक्टा चोक्टा
खाएर अघाईन्छ रे!
झोक्का झोक्का रहरका बतासले
भुवा झैँ
मन उडाएर बतासै थाकेको दिन!
फूललाई रुवाएर
प्रेमको बिसौनीमा
सुखको पसर
बाँडिन्छ रे अचेल!
आफैँ हराएर निराश भएको दिन!
आफैँलाई निचोरेर
रगतका थोपा थोपा
र
काटेर मासुका चोक्टा चोक्टा
खाएर अघाईन्छ रे!
झोक्का झोक्का रहरका बतासले
भुवा झैँ
मन उडाएर बतासै थाकेको दिन!
कसले बनायो मन्दिर साथी
मस्जिद बनायो कसले
मानवताको दुश्मन हुन् ति
यसको जग बसायो जसले
जात पातको झन्झट ल्याई
देशलाई न टुक्र्याउँ
काँधमा काँध मिलाई हामी
नेपालको मान बढ़ाउँ
पहाड पनि तिम्रो नै हो
मधेश पनि हो मेरो
सबै मिलाई बन्छ सिंगो
नेपालको सेरो फेरो
डाँकाहरु नेपाल पसेछन्
संग संगै लुट्न न जाउ
एक बनि बस्नु छ हामि
दुष्टलाई बाहिर भगाउ
उँच निचको फरक देखाऊदै
कसले द्वेष बढायो
नेपाली ले नेपालीलाई नै
कुट्न काट्न सिखायो
बिउँझ्यो सुर्य उषालाइ लिएर
दिन बितायो किरण संगै डुलेर
ढल्यो सुर्य फेरि सन्ध्या पाई
प्रेममा कलंक गयो लगाई
माया चन्द्रले चाँदनीको पायो
वासनामा लिप्त भइ दाग लगायो
बादल आवारा भनि आरोप लागेछ
इज्जत गुमाई रोइ रोइ बर्षेछ
प्रेम गरि मौसमले बसन्त ल्याए
मुटु चुडे पछि शिशिर छाए
आक्रोस बढी फेरि हुरी चलेछ
बिजुली बनि डाँको छोडी कडकेछ
जिन्दगी एउटा यात्रा रहेछ,
कहाँ कहाँ पुग्नु पर्ने,
माया एउटा ऋण रहेछ,
दिए पछि तिर्नु पर्ने ।
नसजाउ कबिता प्रिय!, मेरो अङ अङ चोरेर
मुटु मेरो महभरि, आँतलाई तोडेर
नयन भाँती हिड्दछन्, नासिका छ सुगन्धित
जलप लाली गालाको, गोधुली लाई भरेर ।
नसजाउ.........
रितुहरु रमाउछन, बोल सुन्दर बोलेर
छटा सबै शर्माउछन्, परिहाँस जोडेर
पयर चलोश जता मेरो, झन्कारले बोलाउछ
उच्च छन गगन छुने, मादक्ता ती घोलेर ।
नसजाउ........
लज्जाहरु झुक्दछन्, मधुमास लाई फोरेर
लचक छ जो, भुलाउछन्, अप्सरा कोरेर
नर्तन गरेर देखाउछ, पवन झै बहेर
किन फेरी निष्ठूरीलाई दोबाटोमा कुरें
तर्किएर हिँडथिन होला, पर्खाउन चाहें
चुंडिएको मालालाई, अल्झाउन खोजेँ
बिर्सिएको यादलाई, सम्झाउन खोजेँ
टाडिएको धेरैभयो, बिस्मृतिले छेक्यो
अतितका स्मृतिलाई, बादलुले ढाक्यो
सम्झिएर रुँदै बस्दा आफ्नो मुटु भाँचे
भाँचिएको मुटुलाई, टुक्रा पारी फ्याँके
आँशु दियो आकाशले, ज्वलन दिने धर्ती
पीडा दियो सम्झनाले, उजाड भो बस्ती
जन्ती भन्दा मलामी बढी जाँदा
शरीर मात्र हैन, मनै खरानी हुदा
अचेतन, उच्छवास लिन्छु म किन्चित
सन्त्रास भित्र दिवास्वप्नका शिशा बोक्दा- !
हामी टुटिरहेछौँ
हामी फुटिरहेछौँ
मक्किएका विचारहरू बोकेर
भुत्ते दिमागको
धारिलो चमक खोज्दै
अगाडि बढिरहेको
दिग्भ्रमित आँखाका दृष्टिमा
खुर्किन नसकेको खियार्
तर्कहीन तर्कमा
बाँचिरहेछौँ
आरुका फूलहरू नफुल्दै
कुहिराबाट निस्किएर घाम नखुल्दै
चिसो सिरेटोमा मुटु कमाउँदै
खोजिरहेछौँ वसन्तको न्यानो
ठुस्स गनाउने सास बोकेर ।
खुल्ला आकाशको
निलो कालो सेतो
बादलुको मुनि
छेवैमा समुन्द्रको छाल
र छाल बाट चिसिदै
सुर्यको तातोले तातिदै
गर्ने ति रेगिस्तानमा
जहाँ केवल
हामी दुइ छौ
हामी एक--आपसमा
हात समाई
प्रफुल्ल र उत्तेजित मुद्रामा
मायाका मिठा मिठा
भलाकुसारी गर्दै
संगै जिउँने
संगै मर्ने
छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् !
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?
रसाल भार रेशमी विचित्र चित्र रेखिए !
बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !
रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !
उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !
शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट,
स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी,
सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ?
टुना गरेर चित्तमा चकोरका झिलीमिली ?
अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली !
स्वरुप–शिल्पकारको टुना गवाउनाकन ?
म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै !
समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै !