देश रुँदा आज मलाई मरे तुल्य लाग्यो साथि ।
आँशु पुछ्न नसक्नेले खै के गर्लान भोलि माथि ।।
दण्डहिनता बढेकै छ घट्ने यहाँ कुरा छैन ।
बोलवालाको जन्जिरलाई काट्ने कुनै छुरा छैन ।।
गरीब सधै गरीब नै भो धनि अझ माथि गयो ।
गणतन्त्र र राजतन्त्रमा के कुरा पो फरक भयो ।।
दाईजो रुपि आगो भित्र चेलीहरु बलेकै छन् ।
निर्ममताले हत्या गरी सडकमा लास जलेकै छन् ।।
गगंनचुम्बि महलहरु दिन प्रतिदिन बढेपनि ।
पटमुर्खको कमि छैन जति सुकै पढेपनि ।।
कानुन मात्रै हैन अन्धो नेता सबै अन्धा रैछन् ।
निमुखाले न्याय माग्दा सबै रित्ता बन्दा रैछन् ।।
सुस्ता अनि महेशपुर खोसिएको कालापानि ।
ईमान सँगै जमान बेचे सुन्न सक्छौ कालापानि ?
त्यो माहाकालि हाम्रो हैन ?छैन नि खै केही अधिकार ।
किन खाए कस्ले खाए खोज्ने हो कि ति मतियार ।।
लक्ष्मणपुर र कोशिका त्यो बाँधलाई के भन्छौ त नि ?
सुन चित्कार जनताको किन हिड्छौ बैरो बनि ।।
गरिबको त्यो खेतबारी बगर बनाई बगाउदा नि ।
गुहार माग्दा दिन्नौ हैन ? सुस्ताकालाई धपाउँदा नि ।।
यही काम पाउने भए युवा बिदेश जानु पथ्र्यो ?
निर्दयिको हातबाट तातो गोलि खानु पथ्र्यो ?
बलबुद्धिले पराई बन्छ आफ्नो देश त पछि पर्यो ।
कुराले पेट भरीदैन कुन सरकारले के नै गर्यो ?