जीवनमा आरोह अबरोहहरु सधैँ आईरहने
तिता मिठा अनुभवहरु सधैँ पाईरहने
कहिले सफलताको सिढि चडिन्छ
कहिले असफलताको खाल्डोमा लडिन्छ
कहिले माया प्रेमले उमंगता ल्याउछ
कहिले विछोड्को पिडाले निश्तब्धता छाउछ
कहिले भाईचारा र सद्भावले आपसमा बान्छ
कहिले घात अन्तरघातको तिरले हान्छ
यहि हो जीवनको अन्तरकथा
याहाँ भन्दा फरक हुदैन सर्वथा
सफलता असफलता अईरहन्छन्
दु:ख सुख: पिडा छाईरहन्छन्
सफलता र सुख:मा नमात्तिनु
दु:ख र असफलतामा नआत्तिनु
मनबाट लोभ-पाप सव भगाए
अन्यको सेवामा आफुलाई लगाए
जीवन बाँच्नुको सार्थकता अवश्य होला
मनमा शान्ति र शमृद्धिले निश्चयै छोला
यी सव कुरा मनमा गुनौँ
सफलताको बाटो आफुले चुनौँ