मरुभूमि झैँ हुन्छ मन
सुक्खा-सुक्खा, चिरा-चिरा
माया बिनाको बन्जर छाती
खाली खाली, आधी आधी
किन लाग्छ मलाई
कापेका छन् ती ओठहरु केहि बोल्न
किन लाग्छ मलाई
गाला भरिका धर्साहरु मुस्कुराउदैछन् मुटु खोल्न
तिम्रा सोचका पर्खालहरु
डगमगाए झैँ लाग्छ किन मलाई
तिम्रो आखाँ भरिका बिस्वाश
पलाएँ झैँ लाग्छ किन मलाई
अनायासै भेट्दा उनलाई
हडबडाउछु किन किन
चित्र भित्र देख्दा उनलाई
सरमाउछु किन किन
नसोध मलाई
किन धड्किन्छ मुटु, नाममा उनको बारम्बार
नसोध मलाई
किन रुन्छ आँखा यादमा, उनको बारम्बार
प्रतिक्षाको प्रेमिल क्यालेन्डर उनि
हरदिन नायाँ, हरदिन जवान उनि
समय बहदै गए,क्यालेन्डर फेरिदै गए
जवानी मेरो ढल्दै गए,गोधुंली साझँ बनि
अनि प्रतिक्षा चियाउरिदै गए
आकर्षण घट्दै गयो, माया बढ्दै रह्यो
तिमीले सोध्न सकेनौ, मैले बोल्न सकिन
तिमी दुल्हा म दुलही बने
कल्पनामा ....
तिमी मुटु म पिरती बने
सपनीमा .....
हेर्दा हेर्दै मुटु निचरिएर्
आँशु बहन थाल्यो
आँशु पनि कतिन्जेल बहन्थियो र
गहमै सुक्न थाल्यो
अनि ब्यथाहरु
उकुष्मुकुसिएर् बौरिन खोज्यो
ब्यथाले जन्मिन खोज्यो
मुटुले धड्किन खोज्यो
हामी दुवै मर्न सकेनौ
एक आर्काको हुन सकेनौ
मायाले फेरी जन्मन खोज्यो
मैले पनि मायाको शिशु रोजे
केहि उपहार चाहान्थ्यौ तिमी
अविस्मरणीय......
म रित्तिएर दिन चाहन्थे केहि ....
तिमी पनि सिद्धिएर दिन चाहान्थ्यौ केहि
यही लिने दिने क्रममा
मैले मुटु भरिका माया समर्पण गर्न चाहे
म कवियत्री बने .....
तिमीले याद भित्र बाध्यौ मलाई पागल सरि
तिमी कबि बन्यौ ....
ऊफ्फ़ ...
तिमी कबि ....
म कवियत्री ...
हाम्रा शब्द अनि रचनाहरु
हाम्रा सन्तान बने
हरदिन जन्मन्छन्, हररात जन्मन्छन्
हाम्रा सन्तान बनि, हाम्रा कृति बनि
माया बनि, त्याग बनि,
कथा बनि, अनि समर्पण बनि
अब हाम्रा छाती मरुभूमि हैनन्
प्रेमका अनन्त ताल बनेछ
शब्दका अमर छाल बनेछ
तिमी कबि ....
म कवियत्री बनेछु.....!!!