मायामा संसार अडेको छ
मन-मनमा यो गडेको छ
विश्वास जसले गरेको छ
उ माथि-माथि चडेको छ
मायाले न जात भनेको छ
न धर्म वा क्षेत्र चुनेको छ
न धनि वा गरिब भेद छ
बस आकर्शणले बुनेको छ
त्याहाँ यो माया टुटेको छ
दम्भ-घमण्डले लुटेको छ
स्नेह सद्भावले जुटेको छ
मायामा संसार अडेको छ
मन-मनमा यो गडेको छ
विश्वास जसले गरेको छ
उ माथि-माथि चडेको छ