हाम्रो मुलुकमा आजकल,
नव सामन्तको उदय भएकोछ
त्यहि भएर हाम्रो जीवन,
फेरि पनि रसातलतिर गएकोछ
यीनको प्रवृत्ति,
फालि भएर जोत्नलाई सियो भएर छिर्ने
लोलोपोतो पहिला गर्ने,
पछि हामि पिडितहरुकै छाति चिर्ने !
जनताको खाना खाएर,
जनताकै गित गाएका थिए
सत्ताको शिखर चढेपछि,
यीनै जनताको हुर्मत लिए
सिटामोल र जीवनजलको अभावमा,
जनताको ज्यान जादोँ छ
राजनीतिलाई व्यापार बनाई,
नव सामन्तले मुलुक खादोँ छ
परिवर्तनलाई स्थाई बनाउन,
जनता सचेत हुनु पर्दछ
नत्र जालि-फटाहाको शिकार बनेर,
पटक-पटक रुनु पर्दछ
जनचेतनाको लहर फैल्याई,
बनाउँ जालि-फटाहाको सामना गर्ने
श्रष्टाहरुको श्रृजनाको लक्ष बनोस
पिडित र दु:खिहरुमा साहस भर्ने
निमुखा र अनपढहरुमा ज्ञान भर्ने॥॥