हावा सरि उडि हिन्ने, चञ्चल यो मन
भाखा गाउदै डुलि हिड्थ्यो, चौतारी र रानिबन ॥
शहरमा आए पछि, बे-सुरा पो भाको छ
जाला- झेल र कपट तिर, सबै सुर गाको छ ॥
कंक्रिटको जंगलले, स्वच्छता नकार्यो
जाहाँ जस्तो जे भेटिन्छ, सवै-सवै नै डकार्यो ॥
हामि हाम्रो भन्ने त, उतै नै छुटे छ
मानवताको जो नाता थियो, सवै नै टुटे छ ॥
आधुनिक्ता हावि भयो, अहंकार बढ्यो
रङ्ग-रेलिया दिनचर्या, मस्तिको मात चढ्यो ॥
रोग-सोक बोकिया छ, युरियाको खान्कि
झ्याल्टुङ् पेट सुके खुट्टा, बिग्रिसक्यो बान्कि ॥
काहाँबाट आइयो अनि, को भन्ने कुरा
शहरको यो बसाईले आज, बिर्साई दियो पुरा ॥
कहिले काहिँ सम्झदा, सितल त्यो हावा
जन्मेको ठाउँ त्यो गाउँ, सधैँ प्यारो हुने
जाहाँ बसे नि सम्झि ल्याउदा, भित्रि मन छुने
सुख: बैभव जे भोगे नि हरे,.! भित्रि मन रुने ॥