एक डलर सतासी सेन्ट । त्यति थियो । डेलाले यो धन एक एक सेन्ट गर्दै बचाएकी थिई । चामल दाल किन्दा तरकारी किन्दा मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीनपल्ट गनी । एक डलर सतासी सेन्ट । भोलिपल्ट कि्रस्मसको दिन थियो ।
सानो मैलो सोफामा बसेर रुनुबाहेक अर्को उपाय थिएन । अनि डेलाले त्यसै गरी । उसले बिचार गरी जीवन रुवाई सुस्केरा हाँसोले बनेको छ तर त्यसमा सुस्केराकै मात्रा अधिक छ ।
घरकी श्रीमती पहिलो अवस्थादेखि दोश्रोमा विस्तारै जाँदै गर्दा हामीले उसको घरलाई हेर्यौं । मेच टेबलहरु भएको घरभाडा हप्ताको आठ डलर । घरको अवस्था त्यति राम्रो होईन । प्रवेशद्धारमा चिठी खसाल्ने एउटा बाकस छ । तर त्यहाँ कसैले चिठी खसाल्दैन । बाहिर बिजुलीको घण्टी बजाउने एउटा स्वीच छ तर त्यो स्वीच थिच्न कोही आउँदैन ।
त्यसैको छेउमा मिस्टर जेम्स डिलियगंघाम यंग लेखिएको एउटा नामपाटी छ ।
हप्तामा तीस डलर कमाउँदा जेम्स डिलियगंघाम यंगले यो नामपाटी त्यहाँ झुन्ड्याएको थियो । तर अहिले आय घटेर बीस डलर हुँदा ती अक्षरहरु धमिला हुँदै गएका थिए ।
मिस्टर जेम्स डिलिगंघाम घर पुग्दा मिसेज जेम्स डिलिगंघामले उसलाई माया गरेर आलिगंन गर्थी र जीम भनेर बोलाउँथी । मिसेज जेम्स डिलिगंघामलाई तपाईले अघि नै भेटिसक्नु भयो । ऊ डेला हो ।