सहवीर क्रन्तिकारी आवाज भत्रे साप्ताहिक पत्रिकाको प्रकाशक हो । उसले २०३९ सालदेखि यो काम थालेको हो । २०३९ सालदेखि नै स्पन्दनले उक्त पत्रिकाका लागि कथा लेख्ने जिम्मा लिएका थिए र जिम्मेवारी पनि राम्रोसँग बहन गर्दै आएका थिए । साथै छपाइका सम्पूर्ण काम पनि उनीहरुको आवाज प्रकाशनमानै हुन्थ्यो । छाप्नका लागि सबभन्दा पहिले कम्पोजिटरहरुले जिँकको अक्षरहरुको साँचो मिलाएर त्यसलाई सेटिङ्ग गरेर प्रिन्टिङ्ग मेशिनमा राखेर , मेशिनमा मसीको पनि सेटिङ्ग गरिसकेपछि प्रेसम्यानहरुले सादा न्यूज पेपरहरुलाई हातले एक–एक गरेर राख्दै झिक्दै छाप्ने काम गरिन्थ्यो । अनि बिहान ५ बजेभित्रै हकरहरुले लगेर कराउँदै बेच्न सकाउँथ्यो ।
स्पन्दनले मेरो कथाको भाव कम्पोजिटरहरुले बिगारिदियो भनेर बारम्बार कम्प्लेन गथ्र्यो । उसको गुनासो जायज पनि थियो । अनि सधैं झैं स्पन्दनले किचकिच गरेको बेला सहवीरले अब तपाइँले तपाइँको कथा आफै कम्पोज गर्नुस् भनेर भनेको थियो । त्यत्तिबेलादेखि स्पन्दनले कथाहरु लेखेर नल्याइ पत्रिका प्रकाशन हुने एकदिन अगाडिनै उसको स्तम्भको लागि कथा कम्पोज गर्न आउँथ्यो । स्पन्दनले सधैं एकपृष्ठ भरी सप्ताहमा एक–एक वटा गरेर नियमित रुपमा निरन्तर कथा लेख्दै आएको थियो । प्रायः पाठकहरुले उसकै कथाका लागिनै पत्रिका कित्रे गर्दथे ।