माया दिएकै थिएँ महसरि
तिमीले मेरो मुटु माग्यौ
बगैचा दिएकै थिएँ
बिहानै आएर मेरा आँखा माग्यौ
सान्निध्य, साहचर्य, दिएकै थिएँ
अझ बढी माग्यौ, भोगी आँखाले
मैले भनेथे
म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म
सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म
समय दिएकै थिएँ सुनसरि
तिमीले मेरो निद माग्यौ
भने सपनाहरू तिमीलाइ भो
एकदिन ओठ माग्यौ
भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो
अचानक भेट्न छाडेउ